Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : गिर्वाण माबी र पामिर एकेडेमी फाइनलमा प्रबेस !

बुटवल | क्रिकेट हिमालय

रुपन्देहीमा चलिरहेको नुसि इन्टर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता फाइनलमा श्री गिर्वाण माबी र पामिर एकेडमी भिड्ने भएका छन । आज सपन्न भएको दुई सेमिफाइनल खेलमा गिर्वाण मावि र पामिर एकेडेमीले जित निकाल्दै फाइनल यात्रा तय गरेका हुन ।

आज भएको पामिर एकेडमी र नयाँगाउ माबी बिचको पहिलो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको पामिर एकेडेमीले २० ओभरमा ७ विकेट गुमाउदै १७७ रन बनाउदा पामिरको लागि गणेश गुरुङले ७० हरि गिरिले २० रनको योगदान दिए नयागाउको तर्फबाट भने हेमन्त बगाले र सुरजले २/२ विकेट लिए । जवाफी ब्याटिङ गरेको नयाँगाउ ७.४ ओभरमा सबै विकेट गुमाउदै ८० रनमा समेटिदा पामिर एकेडेमी ९७ रनले बिजयी भयो । नयाँगाउको लागि सुबाशले १८ र विशालले १४ रनको योगदान दिए । बलिङ तर्फभने पामिरका सुरजले महत्त्वपूर्ण ७ विकेट लिए साथै गणेश गुरुङले ३ बिकेट लिए । यो जित सँगै पामिर एकेडेमी फाइनलमा पुगेको छ । खेलको म्यान अफ दि म्याच गणेश गुरुङ घोषित भए ।

आजै भएको दोस्रो सेमिफाइनल खेलमा गिर्वाण मावि ५५ रनले बिजयी भएको छ । साइ ग्लोबल सँग भएको खेलमा पहिलो ब्याटिङ गरेको गिर्वाण मावीले २० ओभरमा ९ विकेट गुमाउदै १२५ रन बनाएको थियो । गिर्वाणको लागि प्रतीकले ३० तथा अर्जुनले २६ रनको योगदान दिए । साइ ग्लोबलको लागि राहुल थापाले ४ विकेट लिए । जवाफी ब्याटिङ गरेको साइ ग्लोबल १४ ओभरमा सबै विकेत गुमाउँदै ७१ रनमा समेटिदा गिर्माण मावी ५५ रनले बिजयी भएको छ । साइ ग्लोबलको लागि आशिष रोकाले ३२ रनको योगदान दिए भने बलिङ तर्फबाट गिर्वाण मावीका सुनिल र मनिशले समान ३/३ विकेट लिए । खेलको म्यान अफ दि म्याच गिर्वाण मावि का सुनिल चौधरी भए ।

अब १४ गते उपाधी को लागि गिर्वाण माबी र पामिर एकेडेमी भिड्नेछन ।