Cricket Himalaya
Cricket News From Top of The World

पाेखरा प्रिमियर लिगका टिम र मार्की खेलाडी सार्वजनिक !

असोज ११, क्रिकेट हिमालय

पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगिता आगामी कात्तिक ९ गतेदेखि पोखरामा सुरु हुँदैछ । पोखरा प्रिमियर लिगमा सहभागी ६ टिमका मालिक र मार्की खेलाडी सार्वजनिक गरिएको छ । पिपिएलका टिमको नाम र मार्की खेलाडी यस्ता छन ।

१. बुटवल ब्लास्टर्समा सोमपाल कार्मी मार्की खेलाडी रहेका छन भने टिमका मालिक नरेश गौतम छन ।
२. चितवन राइनोजका मार्की खेलाडीमा कप्तान पारस खड्का रहेका छन भने टिमका ओनर रेसम रावल महरा छन ।
३. विराटनगर टाइटन्सले सन्दिप लामिछानेलाई मार्की खेलाडी पाएको छ । यो टिमका मालिक पारस लुनीया छन ।
४. हुलास काठमाडौ रोयल्सले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी पाएको छ भने टिम मालिक राज्य लक्ष्मी गोल्छा रहेकी छन ।
५. पोखरा पल्टनको मार्की प्लयेर सरद भेषावकर र टिम मालिक बिनायक पोख्रेलको टिम रहेको छ ।
६. एक्स्पर्ट धनगढी ब्लुजको मार्की प्लयेर दिपेन्द्र सिंह एरि रहेका छन भने टिम मालिक सन्जिब शर्मा रहेका छन ।