Cricket Himalaya
Cricket News From Top of The World

पोखरा प्रिमियर लिग (पिपिएल) सम्बन्धमा उपलब्ध १६ जानकारी !

असोज १०/ क्रिकेट हिमालय

पोखरा प्रीमियर लिग (पिपिएल) सम्बन्धमा बाहिर आयका १६ मुख्य जानकारी निम्न छन

१. पि पि एल के हो ?

– फ्रेन्चाइज्ड बेस्ड टि२० लिग पोखरा प्रीमियर लिगको सर्ट फर्म पि पि एल हो !

२. आयोजक को ?

– काठमाडौ स्थित क्विन इभेण्ट प्रा लि आयोजक हो, जसको प्रबन्ध निर्देसक क्यानका सि ओ ओ समेत रहेका छुम्बी लामा हुन !

३. प्रतियोगिता कहाँ हुनेछ ?

– पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पुर्ण खेल हुनेछन !

४. कति टिम रहने छन ?

– ६ टिम हुनेछन, टिमको नाम र मार्की असोज ११ गते घोषणा हुनेछ !

५. खेलाडी कसरी छानिनेछन ?

– खेलाडिको दर्ता अनलाइन मार्फत आव्हान गरियेको थियो, दर्ताको म्याद सकियेको छ ! अब दर्ता गरियेका खेलाडिहरुबाट अक्सन मार्फत छिट्टै खेलाडी टिमले किन्नेछन !

६. खेलाडिको वर्गीकरण कसरी गरियेको छ ?

– घरेलु खेलाडी अनुबन्धका लागि पिपिएल आयोजक द्वारा तीन श्रेणीमा खेलाडी विभाजन गरिएको छ, जसमा क्याप्ड सिनियर, क्याप्ड एज लेभल, अनक्याप्ड गरेर राखिएको छ ।

७. टिममा कति जना खेलाडी हुनेछन ?

– हरेक टिममा न्युनतम १५ र अधिकतम १८ खेलाडी टिमले राख्न पाउनेछन !

८. बिदेशी खेलाडी कति हुन्छन ?

– हरेक टिममा अनिबार्य र अधिकतम दुई विदेशी खेलाडी हुनेछन !

९. अनि स्थानिय खेलाडी होलान त ?

– हरेक टिमले दुई स्थानीय खेलाडी अनिबार्य राख्नु पर्नेछ !

१०. प्रतियोगिता कहिले सुरु हुन्छ ?

– पिपिएल २०७५ कार्तिक ९ देखि २० सम्म पोखरामा हुनेछ !

११. आइ सि सि ले मान्यता दियो त ?

– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लाई पत्राचार गरिसकेकाले छिट्टै स्वीकृति प्राप्त हुने छ !

१२. कति खर्च लाग्ने प्रतियोगिता हो यो ?

– क्विन्स प्रा लि का प्रबन्ध निर्देसक छुम्बी लामाका अनुसार प्रतियोगिता सम्पन्न गर्न दुई करोड खर्च लाग्नेछ !

१३. मैदानमा कति दर्सक अटने प्याराफिट बन्ला ?

– मैदान निर्माण अन्तिम चरणमा पुगेपछि साढे ४ हजार दर्शक अट्ने अस्थायी प्यारापिट पनि आयोजकले नै निर्माण गर्नेछ ।

१४. पुरस्कार राशी कति छ पि पि एल को ?

– आयोजकका अनुसार अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि प्राप्त गर्नेछ बिजेताले, हालसम्मको सर्बाधिक डिपिएलमा रु २५ लाख रहेको थियो !

१५. खेल हेर्न जाने फ्यानलाइ के सुबिधा छ त ?

– फ्यान कार्डको अवधारणा पनि अघि सारिएको छ । फ्रेन्चाइज टिमको फ्यान सदस्यहरुलाई प्रतियोगिताका क्रममा पोखरा जान, बस्न सहुलियतमा सुविधा हुनेछ !

१६. लाइभ नि ?

– पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । हिमालय टेलिभिजनले आयोजकलाई ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ !