Cricket Himalaya
Cricket News From Top of The World

महाभुकम्पमा ज्यान गुमाउनेहरु प्रती समर्पित ‘दोस्रो जि सि सि कप क्रिकेट’ रुपन्देहीमा हुँदै !

मोहन ज्ञवाली/बुटवल

महाभुकम्पमा ज्यान गुमाउनेहरु प्रती समर्पण गर्दै गोलपार्क क्रिकेट क्लब, बुटवलले असोज १३ गते बाट बुटवलको गोलपार्कमा दोस्रो सस्करणको जिल्लास्तरीय नकआउट २०/२० टेनिसबल क्रिकेट प्रतियोगिता ‘जि सि सि कप’ को आयोजना गर्न लागेको छ ।

एभरेस्ट एजुकेसन एण्ड भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगिताबारे आज बुटवल गोलपार्कमा पत्रकार सम्मेलन गर्दै गोलपार्क क्लबले प्रतियोगिता बारे जानकारी गराएको थियो ।

दोस्रो सन्स्करणको जि सि सि कपमा कुल ३२ क्रिकेट क्लबले भाग लिनेछन जसमा रुपन्देहीका “ए” लेभलका क्रिकेट क्लब पनि सहभागी हुनेछन ।

प्रतियोगिता असोज १३ गते बाट बुटवल बहुमुखी क्याम्पसको ग्राउन्डमा संचालन हुनेछ ! बिजेता टिमले रु १ लाख, उपबिजेताले रु ४५ हजार र तेस्रो हुने टिमले नगद रु १५ हजार प्राप्त गर्नेछन ।

प्रतियोगिताको मुख्य प्रायोजक एभरेस्ट एजुकेसन एण्ड भिषा सर्भिसेजले प्रथम पुरस्कार बापतको रकम सहयोग गरेको छ भने दोस्रो हुने टिमको लागि रुपन्देही च्यालेन्जरका टिम मालिक तथा बुटवल क्रिकेट बिकास समितीका उपाध्यक्ष रोमित बर्जाचार्य को रहने छ । साथै अन्य बिधाका उत्कृष्ट खेलाडीहरुले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतियोगिता सम्योजक राजेश थापा

प्राय गरि बुटवल क्षेत्रमा स्तरीय क्रिकेट मैदान नहुदा प्रतियोगिता आयोजना गर्न निकै गारो हुने तथा अन्य विभिन्न निकायको खेल मैदानमा प्रतियोगिता गराउदा बिभिन्न प्रसासनिक समस्याका साथै ग्राउन्डको भाडा दर चर्को मूल्य हुने हुदा प्रतियोगिता गराउन निकै कठिन भएको तसर्थ जि सि सि कप का खेल कलेजको मैदानमा हुने छ !

कार्यक्रममा प्रमुख अतिथी तथा बुटवल क्रिकेट बिकास समितिका अध्यक्ष नेत्र पौडेल

स्तरीय क्रिकेट मैदानको निम्ती आफुले चारैतिर पहल गरेको तर उपलब्ध हुन नसक्दा हामी यहाँ आयोजना गर्दै छौ, प्रतियोगिता सहज रुपमा सम्पन्न हुनेछ !

कार्यक्रमका सभापती तथा गोलपार्क क्रिकेट क्लबका अध्यक्ष मछिन्द्र श्रेष्ठ

यो प्रतियोगिता सफल, अनुसाशित र मर्यादित ढङबाट सुसम्पन्न गर्न सबै क्रिकेटका सरोकालावाला र सम्पुर्ण क्रिकेट क्लब संघलाई आह्वान गर्दछु !