Cricket Himalaya
Cricket News From Top of The World

धौलागिरी अन्चल स्तरिय खुल्ला यु१९ प्रथम दशै कप क्रिकेट प्रतियोगिता असोज २४ बाट सुरु हुदै !

असोज ९, क्रिकेट हिमालय

दसै कप आयोजक कमिटी, बागलुङ द्वारा बागलुङको बाङेचौर खेलमैदानमा “धौलागिरी अन्चल स्तरिय खुल्ला यु१९ प्रथम दशै कप क्रिकेट प्रतियोगिता” आयोजना गर्ने भयको छ !

प्रतियोगितामा सहभागी हुन इछ्युक टिमहरुले असोज १८ बाट टिम दर्ता गर्न सक्नेछन ! टिम दर्ता सुल्क रु ३००० रहेको छ ! लिग चरणमा १४/१४ ओभरको खेल हुने उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल भने २०/२० ओभरको हुनेछ !

प्रतियोगितामा उमेर प्रमाणित गर्ने डकुमेन्ट पेस गर्नु पर्नेछ भने हरेक टिममा ४ जना अतिरिक्त खेलाडी सहित कुल १५ जना खेलाडी हुनुपर्नेछ !

असोज २४-२७ सम्म सन्चालन हुने उक्त दसै कप क्रिकेटको बिजेताले नगद रु १५ हजार उप बिजेताले नगद रु १० हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ! प्रतियोगितामा उच्च रन बनाउने, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट बलरले समेत आकर्शक गिफ्ट ह्याम्पर प्राप्त गर्ने जानकारी आयोजकले दियेको छ !

प्रतियोगितामा आफ्नो ब्यबसाय प्रबद्धन एवम टिम दर्ता गर्न निम्न सम्पर्क न प्रयोग गर्न सकिने छ !

९८४७७६९५८८, ९८०५१५६७०७