Cricket Himalaya
Cricket News From Top of The World

सोनु तामाङ टिपीएल २ मा रोयल च्यालेन्जर भैरहवामा आबद्द

मोहन ज्ञवाली | क्रिकेट हिमालय

रोयल च्यालेजर भैरहवाले आफ्नो क्लबमा राष्ट्रिय खेलाडी सोनु तमाङलाई आबद्ध गरेको छ । सबै टिपिएल टिमले राष्ट्रिय खेलाडी हरु आवद्ध गर्ने प्राबधान रहेको हुदा सोनु तामाङ लाई आबद्ध गरेको हो । अब टिपिएल २ भरी सोनु तामाङ रोयल च्यालेन्जर भैरहवा को जर्सी मा देखिनेछन । रोयल च्यालेन्जर भैरहवा को टिम मालिक बिजय कुमार कर्ण, कोच जङ बहादुर थापा, म्यानेजर निराकर पन्थ रहेका छन भने मार्की प्लयेर्स मा इक्लाह अहम्मद रहेका छन ।

अब रोयल च्यालेन्जर भैरहवा को टिम यस्तो बन्नेछ :

सोनु तामाङ (नेशनल), इखलाक अहमद (मार्की प्लयेर्स), प्रकाश केसी, रमेस कुर्मी, सन्दिप केसी, सिजन मकाजु, रोसन लाल गुप्ता, आसुतोश पासवान, मैनुद्दिन कजु, धिरज साही, गणेश गौडेल, बिबेक न्यौपाने, अहमद हुसेन, सुसान्त थापा (S), रोसन चौधरी (S)