Cricket Himalaya
Cricket News From Top of The World

टिपिएल २ मा मणिग्राम किङ्स बाट अमर सिंह राउटेला खेल्ने

मोहन ज्ञवाली | क्रिकेट हिमालय

दोस्रो सस्करणको टिपिएलमा मणिग्राम किङ्सले अमर सिंह राउटेला लाई आबद्ध गरेको छ । हरेक टिममा एक एक राष्ट्रिय टिम बाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडी राख्न पाउने टिपिएल २ को प्राबधान रहेको हुदा मणिग्राम किङ्सले अमर सिंह राउटेला लाई आफ्नो क्लब मा आबद्ध गरेको हो । अमर सिंह राउटेला विभिन्न घरेलु क्रिकेट प्रतियोगिता डिपिएल, ईपिएल, पिएमकप, खुकुरी च्यालेन्जर्स कप लगायतमा राम्रो ब्याटिङ गरिरहेका छन । रुपन्देही का बेस्ट अलराउन्डर कृष्ण कार्की र अमर सिंह राउटेला को जोडीले झन रोमान्चक बनाउने छ । मणिग्राम किङ्सको मार्की प्लयेर्स कृष्ण कार्की, कोच गणेश गैरे, टिम म्यानेजर अर्जुन मलोत्रा र मालिक मदन भुसाल रहेका छन ।

मणिग्राम किङ्सको टिम अब यस्तो हुनेछ :

अमर सिंह राउटेला (इन्टरनेशनल), कृष्ण कार्की (मार्की), लाल बहादुर अधिकारि, कृष्ण पराजुली, विशाल भन्डारी, महम्मद हुसेन, सन्दिप रसाईली, इमराम खान, राहुल लोहर, सुबास बिक, ईश्वर गुरुङ, कृष्ण भुसाल, भुवन गैरे, बिधान सुनार (S), शुशिल खरेल (S)