Cricket Himalaya
Cricket News From Top of The World

जापानमा सम्पन्न ‘एम्बेस्सी कप’ मा नेपाल एम्बेस्सी टिम उप-बिजेता !

असोज ९/क्रिकेट हिमालय

जापानको “सानो अन्तराष्ट्रीय रंगशाला” मा भएको एम्बेसि कप, २०१८ मा नेपाल एम्बेसि टिमले दोश्रो स्थान प्राप्त गरेको छ !

फाइनल खेलमा “अस्ट्रेलिया र न्युजिल्यान्ड मिक्स टीम” संग हार ब्यहोरे पनि नेपाल दोश्रो हुन सफल भएको छ !

टस जितेर फर्स्ट ब्याटिङ गरेको अस्ट्रेलिया-न्युजिल्यान्ड मिक्स टिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल टीम १६.२ ओभरमा अल आउट हुदै ११९ रनमा समेटीन पुगेको थियो।

यस प्रतियोगीतामा नेपाल संगै जापान, बंगलादेस,भारत, पाकीस्तान, श्रीलंका, अष्ट्रेलीया&न्युजील्याण्ड, बेलायत गरी ८ देसका एम्बेसी टिमले भाग लियेका थिय !