Cricket Himalaya
Cricket News From Top of The World

गुल्मी जिल्ला स्तरिय प्रतियोगिता कार्तिकमा, पुरस्कार रु १ लाख !

क्रिकेट हिमालय/ मोहन ज्ञवाली, गुल्मी

क्रिकेटको आधिकारिक निकाय नभएको जिल्ला गुल्मीमा २०६४ सालमा स्थापना गरिएको क्रिकेट एसोसिएसन अफ गुल्मी (तदर्थ समिति) को आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा कार्तिक १२ गतेदेखि खुल्ला जिल्ला स्तरीय क्रीकेट प्रतियोगिता हुनेभएको छ ।

प्रतियोगितामा कुल १६ क्रीकेट टिमको सहभागी हुनेछ भने प्रतियोगिता सहभागी क्लब दर्तावाला हुनुपर्नेछ, खेल तम्घास स्थिति चिदिचौर ग्राउन्डमा हुनेछ ।

सबै प्लयेर्सहरु गुल्मीकै हुनुपर्ने छ तर एउटा टिम प्लेइङ ११ मा ३ देखि ४ जना बाहिर जिल्लाको खेलाडी राख्न पाउने प्राबधान रहेको आयोजकले बताएको छ ।

खेलमा सहभागी क्रिकेट क्लबले दशै अगाडि नै टिम दर्ता गर्नु पर्नेछ टिम दर्ता शुल्क ५००० लाग्नेछ ।

प्रतियोगिताको बिजेता टिमले १ लाख तथा उपबिजेताले ३० हजार प्राप्त गर्नेछन साथै अन्य विभिन्न बिधाका उत्कृष्ट खेलाडीहरुलाइ पनि विभिन्न पुरस्कार राशी रहेको छ ।

प्रतियोगिताले गुल्मी जिल्लाका उमेर समूह, सिनियर, जुनिएर सबै किसिमको खेलाडीलाई आफ्नो प्रतिभा देखाउने ठुलो अबसर दिएको जनाइयेको छ ।

क्यान नहुदा तदर्थ समितिबाट हुने प्रतियोगिताको आयोजनाले बिस्तारै गुल्मी जिल्लामा पनि क्रिकेटको क्रेज बड्ने आयोजकको दावी रहेको छ

पछिल्लो समय गुल्मि जिल्लाको रिडि, बलेटक्सार, गौडाकोट, तम्घास, भ्वाचिदी जस्ता स्थानहरुमा क्रीकेट माहोल बढिरहेको देखिन्छ्