Cricket Himalaya
Cricket News From Top of The World

टि१० लिग, यु ए इ अन्तर्गत केरला किङ्समा सन्दिप लामिछाने छनोट !!

क्रिकेट हिमालय/असोज ९

आइ पि एल भारत, ग्लोबल टि-२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि-२० र अफगानिस्थान प्रिमियर लिग टि-२० पछि नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-१० क्रिकेट लिग, नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म यु ए इ मा हुने १०/१० ओभरको लिगमा “केरला किङ्स” बाट खेल्न छनौट भएका छन्।

ड्यानियल भिट्टोरिको प्रशिक्षण रहने केरला किङ्समा अवेन मोर्गन आइकन खेलाडि र कप्तान रहेका छन !

मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्दर्न वारियर्स गरि कुल ६ टिम उक्त टि१० लिगमा रहेका छन !

यस अघि आइ पि एल मा २० लाख भारु, ए पि एल मा १५ हजार डलरमा, ग्लोबल टि२० मा ४० हजार डलरमा, सि पि एल मा ५ हजार डलरमा आवद्ध भयका सन्दिप लामिछाने टि१० लिगमा डलर ३० हजारमा लियियेको जनाइयेको छ !

तस्बिर : फाइल तस्बिर