Cricket Himalaya
Cricket News From Top of The World

टि पि एल – २ मा सुनिल धमला ‘ज्ञानोदय गोल्ड्स’ मा अनुबन्ध !

मोहन ज्ञवाली, बुटवल | क्रिकेट हिमालय

दोस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग (टिपिएल) मा राष्ट्रिय खेलाडी सुनिल धमला ज्ञानोदय गोल्डमा आबद्द भएका छन । हरेक टिमले एक एक जना राष्ट्रिय टिममा अन्तर्राष्ट्रिय खेल खेलेको खेलाडी राख्न पाउने प्रावधान रहेको हुदा ज्ञानोदयले सुनिल धमला लाई टिममा आवद्ध गरेको छ । ज्ञानोदय गोल्डस पहिलो सस्करणको टिपिएल को उपबिजेता हो । सुनिल धमला विभिन्न उमेर समुह र राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका खेलाडी हुन । ज्ञानोदय गोल्डका टिम मालिक निरज थापा, कोच उमेश गैरे, म्यानेजर योगेश पान्डे रहेका छन भने मार्की प्लयेर्स सन्तोष क्षेत्री रहेका छन ।

टिपिएल २ को लागि ज्ञानोदय अन्तिम टिम एस्तो बनेको छ ।

सुनिल धमला (इन्टरनेशनल), सन्तोस छेत्री (मार्की प्लयेर्स), देबेन्द्र सोमरे, निर्मल थापा, राहुक बि क, आनन्द कुर गौन्ड, विशाल सुनार, युवराज सेन, केदार बस्नेत, प्रथम पराजुली, गोबिन्द खत्री, जितेन्द्र सहानी, मनिस पौडेल, रोसन क्षेत्री (S), रमेस ढकाल(S)