Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : होराइजन र एभरेस्ट मावी बिजयी !

असोज ८, बुटवल/मोहन ज्ञवाली

रुपन्देहीमा जारी इन्न्टर स्कुल नुसि कपको हिजोको खेलहरुमा एभरेष्ट बोर्डिङ र होराइजन स्कुल बिजयी भएका छन । एभरेस्ट र पर्ल माबी बिचको पहिलो खेलमा टस हारी पहिला ब्याटिङ गरेको पर्ल माबीले निर्धारित ओभरमा ८ बिकेट गुमाउदै १५४ रन बनाउन सफल रहेको थियो । पर्लको पारीमा सुजन बिक ३४, युनिस पाण्डे ३० र अर्जुन भुसाल २८ रनको योगदान दिए भने एभरेस्ट बलिङ तर्फबाट बिजय श्रेष्ठ ले ३ तथा नितेश तिवारी र अभिषेक गौतम ले समान २/२ विकेट हात पारे । १५५ रनको लक्ष्य पछ्याउँदै एभरेस्ट मावी १४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्दा ४ विकेटको महत्त्वपूर्ण जित निकाल्न सफल भयो । एभरेस्टको पारिमा सागर न्यौपाने ५३ तथा नितेश तिवारी ५२ रनको महत्त्वपूर्ण पारी खेले बलिङ तर्फ भने पर्ल माबीका सिबु गिरीले २ विकेट लिए । खेल को म्यान अफ दि म्याच एभरेस्ट मावीका नितेश तिवारी भए ।

न्यु होराइजन र नवीन मावी बिचको दोस्रो खेलमा न्यु होराइजन स्कुल ७३ रनले बिजयी भएको छ । टस जिति ब्याटिङ रोजेको न्यु होराइजनले १४ ओभरमा सबै विकेट गुमाउदै १६२ रन बनाएको थियो । होराइजनको लागि अरुन पासी ३६ तथा रोहित टन्डनले ३१ रनको पारी खेलेका थिए । बलिङ तर्फबाट नवीन माबीका रबिन क्षेत्री ले ५ तथा बिकास अधिकारी ले ३ विकेट हात पारे । १६३ रनको लक्ष्य पछ्याउँदै नवीन मावीले ११ ओभरमा सबै विकेट गुमाउदै मात्रै ९० रनमा समेटिदा न्यु होराइजन ७३ रनको फराकिलो जित निकाल्न सफल भयो । नवीन मावीको लागि बिनोद परियार ३५ र रबिन क्षेत्री ले १८ रनको योगदान दिए । बलिङ तर्फबाट न्यु होराइजनको लागि प्रकाश गिरि ए अमर मिश्रले समान ३/३ विकेट लिए । खेल को म्यान अफ दि म्याच होराइजन का प्रकाश गिरि घोषित भए ।