Cricket Himalaya
Cricket News From Top of The World

छत्रदेव – ३ बल्कोट, अर्घाखाँचीमा यु१८ खुल्ला क्रीकेट प्रतियोगिता हुने !

नारायण पान्डे, असोज ८ / छत्रदेव, अर्घाखाँची

द छत्रदेव वारियर्स (क्रीकेट क्लब) को आयोजनामा सम्पुर्ण खेल प्रेमी लाई लक्षित गरि विजया दशमीको पावन अवसरमा यहि मिति २०७५ असोज २८ गतेदेखि अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा न. ३ बल्कोट ( बेङ्ग्दी क्रीकेट मैदान ) मा ” यु१८ खुल्ला क्रीकेट प्रतियोगिता आयोजना हुने भयको छ !

क्रिकेट प्रेमी, क्लब, संघ सहित सम्पुर्णलाई आफ्नो टिम दर्ता गरि प्रतियोगितामा सहभागीताको लागि क्लबले हार्दिक निमन्त्रणा गरेको छ !

पुरस्कारहरु

प्रथम : रु. १५०००/- , मेडल, ट्रफी र प्रमाणपत्र
द्वितीय : रु.६०००/- , मेडल र प्रमाणपत्र
प्रत्येक खेलको म्यान अफ द म्याच : मेडल र प्रमाणपत्र
प्रतियोगिताको उच्च रन : ट्रफी , मेडल र प्रमाणपत्र
प्रतियोगिताको उच्च विकेट : ट्रफी, मेडल र प्रमाणपत्र
प्रतियोगिताको उत्कृष्ट खेलाडी : ट्रफी, मेडल र प्रमाणपत्र

नियमहरु

१ – LBW बाहेक ICC बाट प्रचलित,
२ – खेलमा वा प्रतियोगितामा कुनै विवाद आएमा अ्पायर र आयोजको निर्णय नै अन्तिम निर्णय हुने,
३ – टिम दर्ता गर्दा प्रत्येक खेलाडिको सम्बन्धित वडा कार्यलय वा शैक्षिक संस्थाबाट १८ बर्ष ननाघेको प्रमाण (जन्म दर्ता वा सठिपिकेट) को प्रतिलिपी
४ – खेल्ने समयमा प्रत्येक खेलाडीले जुत्ता अनिवार्य लगाउनुपर्नेछ।

दर्ता शुल्क : रु. २०००/- मात्र
दर्ता गर्ने अन्तिम समय : २०७५ असोज २८ गते बिहान १० बजे सम्म मात्र

थप जानकारीको लागि

प्रभिन पान्डे : ९८६९४५६२८२
राजु लामिछाने : ९८४०४१८५२२

आयोजक : द छत्रदेव वारियर्स (क्रीकेट क्लब)
छत्रदेव गाउँपालिका – ३ बल्कोट, अर्घाखाँची