Cricket Himalaya
Cricket News From Top of The World

आठौ राष्ट्रिय खेलकुद : क्रिकेट तर्फ खेलाडी दर्ता ४७ जिल्लामा खुल्यो !

असोज ५, बुटवल | क्रिकेट हिमालय

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा ५ नम्बर प्रदेशको कोहलपुरमा आगामी २०७५ साल मंसिर २१–२८ गतेसम्म संचालन हुने “आठौं राष्ट्रिय क्रिकेट – २०७५” को जिल्ला छनौट २०७५ साल कार्तिक ९ देखि कार्तिक १६ गते सम्म हुने भएको छ । इछ्युक खेलाडीहरुले सम्वन्धीत जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सम्पर्क गरी खेलाडी दर्ता फारम भर्नुहुन र छनौट प्रतियोतिगामा सहभागी हुन सकिनेछ ।

खेलाडी दर्ता फारम भर्ने मिति २०७५ साल आश्विन १० – १९ गते सम्म ।

आठौ राष्ट्रिय खेलकुदमा निम्न प्रदेशमा निम्न अनुसारका जिल्लाहरुले सहभागीता जनाउनेछन ।

प्रदेश नं. १

– झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर : ५ जिल्ला

प्रदेश नं. २

– सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रौतहट : ८ जिल्ला

प्रदेश नं. ३

– काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, चितवन, मकवानपुर : ७ जिल्ला

प्रदेश नं. ४

– कास्की, स्याङ्जा, तनहु, लम्जुङ, नवलपुर, बाग्लुङ, पर्बत : ७ जिल्ला

प्रदेश नं. ५

– दाङ, रोल्पा, बाके, बर्दिया, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, नवलपरासी : ९ जिल्ला

प्रदेश नं. ६

– सुर्खेत, सल्यान : २ जिल्ला

प्रदेश नं. ७

– कैलाली, बाजुरा, डोटि, अछाम, बझाङ, कंचनपुर, डडेल्धुरा, बैतडी, दार्चुला : ९ जिल्ला

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले निम्न नियम पालना गर्नुपर्नेछ ।