Cricket Himalaya
Cricket News From Top of The World

दिपेन्द्र सिंह ऐरि टिपिएलमा नुसि वारियर्स बाट खेल्ने

असोज ४, मोहन ज्ञवाली | क्रिकेट हिमालय

दिपेन्द्र सिंह ऐरि दोस्रो सक्सरण को टिपिएलमा नुसि वारियर्समा आवद्ध भएका छन । टिपिएल का हरेक क्लबले एक/एक जना इन्टरनेशनल खेलाडी राख्न पाउने ब्यबस्था रहेको हुदा नुसि वारियर्सले दिपेन्द्र सिंह ऐरि लाई आफ्नो क्लबमा आबद्द गरेको हो । नुसि वारियर्सको मालिक भने नुसि एजुकेसन प्रा लि रहेको छ । टिममा मार्की प्लयेर्स कुसल भुर्तेल रहनेछन भने कप्तान को जिम्मेवार कस्ले लिनेपछी क्लब ले निर्णय गर्नेछ । टिपिएल सिईओ दिपक भुर्तेलले क्रिकेट हिमालय लाई जानकारी दिनुभयो ।

टिपिएल २ मा नुसि वारियर्स को टिम यस्तो बन्नेछ :

दिपेन्द्र सिंह ऐरि (ईन्टरनेशनल), कुसल भुर्तेल (मार्की), अजय कौसिला, सौरभ भुर्तेल, अर्जुन रायमाझी, सागर शर्मा, अक्तर हुसेन, सुनिल पौडेल, सरोज पौडेल, यम क्षेत्री, कृष्ण सेन, बिरेन्द्र ज्ञवाली, महेश राना, अन्कित कंडेल (स्कुल), निस्चल पोखरेल (स्कुल)