Cricket Himalaya
Cricket News From Top of The World

भारतमा जारी नेक्सस हाइ पर्फर्मेन्स क्याम्प : नेक्सस क्रिकेट एकेडेमी ८० रनले बिजयी

असोज ३, क्रिकेट हिमालय

राजस्थानकाे अजेमेरू क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी (एनसिए) नेपाल बीच अाज भारतकाे हरियाणा स्थित मनचन क्रिकेट मैदानमा सम्पन्न मैत्रीपूर्ण खेलमा क्याप्टेन बिशाल पाैडेल र अाेपनर ब्याट्सम्यान बिपीन शाहीले उत्कृष्ट प्रदर्शन गर्दा टिम नेक्सस ८० रनले बिजयी भएकाे छ ।

टस जितेर ब्याटिङ राेजेकाे नेक्ससले निर्धारित ४० अाेभरमा २०४ रन बनाएकाे थियाे । अाेपनर ब्याट्सम्यान बिपीन शाहीले ११९ बल खेल्दै ८ चाैकाकाे मद्दतमा ७५ रन र क्याप्टेन बिशाल पाैडेलले १८ बलमा ३ छक्का र २ चाैका प्रहार गर्दै ३२ रनकाे याेगदान गर्दा नेक्ससकाे बिशाल स्काेर बनेकाे थियाे । ब्याट्सम्यानहरू नबनित मिश्राले ५२ बलमा २९, बिशाल केसीले १९ बलमा १६ र जनक धामीले २३ बलमा १६ रन बनाएका थिए भने बलिङ तर्फ हजेमेरू क्रिकेट क्लबका रितिक खत्रीले २, राेहित खराेल, मनिश कदम, राेहित भाग्ले ले समान १ /१ विकेट लिएका थिए ।

२०५ रनकाे लक्ष पछ्याउँदै ब्याटिङमा उत्रिएको अजेमेरूले ३७.५ अाेभरमा अलअाउट हुदै १२५ रन बनाउदा नेक्सस ८० रनले बिजयी भएकाे हाे । अजेमेरूका लागि रितिक खत्रीले ३७ बलमा २५ रन, अाकाश शर्माले २२ बलमा १६ रन, राेहित भाग्लेले १२ बलमा १३ रन र राेहित खराेलले १८ बलमा ११ रन बनाएका थिए भने बलिङतर्फ नेक्ससका बिशाल पाैडेलले ७ अाेभर २६ रन ४ विकेट , पारस लामिछानेले ५ अाेभर ११ रन २ विकेट, प्रदिप सुनुवार, सुलभ ढुङ्गाना र पप्पु यादवले समान १/१ विकेट लिएका थिए ।

अाजकाे खेलका म्यान अफ द म्याच बिपीन शाही भएका थिए ।

१५ दिने हाई प्रफर्मेन्स क्याम्पका लागि हरियाणामा रहेकाे नेक्सस क्रिकेट एकेडेमीका खेलाडीहरूलाई अाज मैत्रीपूर्ण खेल खेलाईएकाे थियाे भने ६ गते युवराज सिंह क्रिकेट एकेडेमी संग अर्को मैत्रीपूर्ण खेल खेलाईने छ ।

खेलकाे प्रत्यक्ष प्रशारण नेक्सस क्रिकेट एकेडेमी नेपाल नामक युटुभ च्यानल बाट गरिएको थियो ।