Cricket Himalaya
Cricket News From Top of The World

संविधान दिवसमा रा.खे.प द्वारा टि-२० क्रिकेट आयोजना : ‘नेपाल ब्लु’ बिजयी !

असोज ३, क्रिकेट हिमालय

सम्विधान दिवसको अवसरमा रा.खे.प द्वारा टि.यु. मैदानमा आयोजित एक दिने टि-२० खेलमा नेपाल ब्लुले नेपाल ग्रिनलाई ६ विकेटले पराजित गरेको छ । फर्स्ट ब्याटिङ गरेको नेपाल ग्रिन दिलिप नाथको ३० रनको सहयोगमा १९.२ ओभरमा अल आउट हुँदै मात्र ९१ रन बनाएको थियो । नेपाल ब्लुका ललित, राम नरेस, नन्दन, मन्जित, अमर सिंह सबैले समान १/१ विकेट लिएका थिए ।

झिनो लक्ष पछ्यायको नेपाल ब्लुले १४.२ ओभरमा ४ विकेट गुमाउदै ९४ रन बनाएपछी सहज ६ विकेटको जित हात पार्यो । नेपाल ब्लुका लागि सुनिल धमला २२, नरेस बुढायेर २६, अनिल साह २२ रन बनाएका थिए । नेपाल ग्रिनका रोहितले ३ र प्रेमले १ विकेट लिएका थिए ।