Cricket Himalaya
Cricket News From Top of The World

तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट असोज १५ देखी सुरु हुने !

असोज ३, क्रिकेट हिमालय

इटहरी क्रिकेट एकेडेमीको आयोजनामा तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेल असोज १५ देखि १९ सम्म इटहरीस्थित डिभिएम स्कुलको मैदानमा हुनेछ । प्रतियोगितामा नेपालका प्रमुख टिमहरु काठमाडौ, बिराटनगर, प्रदेश नं. २, भैरहवा, कैलाली तथा आयोजक टिम सहभागी हुने छन् ।

प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने बताइएको छ । प्रतियोगितामा प्रथम टिमलाई यस बर्ष एक लाख ११ हजार नगद र ट्रफि, दोस्रोलाई ५५ हजार नगद ट्रफि, यस्तै सर्वाेत्कृष्ट खेलाडीलाई १० हजार नगद र ट्रफि, प्रतियोगितामा बेष्ट म्यानलाई ५ हजार, बेष्ट बलर ५ हजार, मेन अफ द म्याच २ हजार समेतको पुरस्कार राशी राखिएको छ ।