Cricket Himalaya
Cricket News From Top of The World

अक्टोबरमा एसियन सब रिजनल “बि” का खेल : राष्ट्रिय टिमको क्याम्प सुरु हुँदै !

भाद्र २३, क्रिकेट हिमालय

अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि-२० बिश्वकपको सब रिजनल सेलेक्सन टुर्नामेन्टको सेडयुल निस्किएको छ । नेपालले पहिलो चरणमा एसियन सब रिजनल “बि” अन्तर्गत पहिलो खेल अक्टोबर ३ मा म्यानमार सँग खेल्नेछ । उक्त एसियन सब रिजनल “बि” प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको क्याम्प यहि हप्ताबाट सुरु हुदैछ । भोलिसम्म खेलाडिहरु काठमाडौ आइपुग्नेछन भने पर्सिबाट क्याम्प सुरु हुने जनाईएको छ ।

नेपालको टि-२० बिश्वकप २०२० को बाटो !

– नेपाल एसियाको “बि” सब रिजनल जोनमा रहेको छ, जहाँ मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड समेत रहेका छन ।
– यो “बि” समुहको एसियाली सब रिजनल सेलेक्सन बाट ३ टिम एसियन रिजनल सेलेक्सनमा पुग्नेछन । एसियाली “ए” समुहको सब रिजनल सेलेक्सनबाट छनोट भई युएई, कुवेत, कतार एसियाली रिजनल छनोटमा पुगिसकेका छन ।
– “ए” र “बि” गरि दुबै एसियन सब रिजनल सेलेक्सनबाट आउने ६ टिमहरु बिच एसियाली रिजनल छनोट हुनेछ, जसबाट २ टिम मात्र टि-२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन ।
– एसियाका २ सहित बाँकी रिजनका ६ र २०१८ डिसेम्बर सम्मको ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ ।
– उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन ।

नेपालको पहिलो चरण : एसियन “बि” सब रिजनल क्वालिफायर

एसियन जोनको “बि” ग्रुपको सब रिजनल छनोट आगामी अक्टोबर ३ बाट मलेसियामा सुरु हुदैछ । ७ टिम सम्मिलित उक्त एसियन “बि” सब रिजनल टुर्नामेन्टमा नेपाल सहित सबै देसले एक आपसमा ६ खेल खेल्नेछन, सिर्श ३ देशहरु एसियन रिजनल क्वालिफायरमा जानेछन ।

नेपालको खेल तालिका

१. पहिलो खेल : नेपाल र म्यानमार/अक्टोबर ३
२. दोश्रो खेल : नेपाल र मलेसिया/अक्टोबर ६
३. तेश्रो खेल : नेपाल र थाइल्यान्ड/अक्टोबर ७
४. चौथो खेल : नेपाल र भुटान/अक्टोबर ९
५. पाचौ खेल : नेपाल र चिन/अक्टोबर १०
६. छैठौ खेल : नेपाल र सिङ्गापुर/अक्टोबर १२