Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु-१९ अफगानिस्तान यु-१९ सँग पराजित

असोज २, क्रिकेट हिमालय

नेपाल यु-१९ क्रिकेट टिमले भारतमा जारी क्वाड्र्याङुलर एकदिवसिय यु-१९ सिरिज अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा अफगानिस्तान यु-१९ सँग ७१ रनले पराजित हुँदै चौथो भएको छ । आजै भएको खेलमा भारत कै यु-१९ टिम “बि” ले प्रतियोगिताको ट्रफी जितेको छ । टस जितेर ब्याटिङ गरेको अफगानिस्तान यु-१९ ले पुरै ५० ओभरमा ८ विकेट गुमाएर २४४ रन जोडेको थियो । २४५ रनको बिजयी लक्ष्य पछ्याउदै जबाफि ब्याटिङमा उत्रिएको नेपाल ४५ ओभरमा मात्र १७३ रन बनाउदै अलआउट भएको थियो ।

अफगानिस्तानको ईनिङ :

रियाज हसन : ११७ (१४९)
सेदीकुल्लाह अटल : १३ (२८)
इजाज अहमद : १९ (२२)
सुलिमान अराबजाई : १४ (१५)
बसिर खान सिर : ३२ (५०)
अरिफ खान दौलतजाई : २४ (२०)

नेपालको बलिङ तर्फ पवन सर्राफ, सागर ढकाल र संसाद आलमले २/२ विकेट लिए भने रसिद खानले १ विकेट लिए ।

नेपालको ईनिङ :

रित गौतम : १४ (२५)
आसिफ शेख : २५ (४७)
अरुन ऐरि : २४ (४८)
सन्दिप जोरा : १८ (१८)
भिम सार्की : १६ (१७)
लोकेश बम : २५ (४६)
पवन सर्राफ : २३ (३७)
कमल सिंह ऐरि : ११ (५)
संसाद आलम : १२ (१६)

अफगानिस्तानका बलर रियाज हसनले सर्वाधिक ४ विकेट लिए भने रिज्वनुल्लाह मुर्दले २ विकेट लिए ।