Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : चौथो दिनको पहिलो खेलमा दिप बोर्डिङ बिजयी

असोज २, बुटवल | क्रिकेट हिमालय

रुपन्देहीमा जारी नुसी इन्टर स्कूल जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा मंगलवार सम्पन्न पहिलो खेलमा दिप बोर्डिङ ३ विकेट ले बिजयी भएको छ । आज भएको मुनाल ईंग्लिश बोर्डिङ र दिप बोर्डिङ बिचको खेलमा पहिला ब्याटिङ गरेको मुनाल ईंग्लिश बोर्डिङ ले निर्घारित १५ ओभरमा ७ विकेटको क्षतिमा ६३ रन बनाउन सफल भएको थियो । मुनाल बोर्डिङको लागि नितेश खरेलले २१ तथा सुसान्त १९ रनको योगदान दिए । बलिङ तर्फबाट मुनाल बोर्डिङका प्रज्वल घिमिरे ५ विकेट लिन सफल भए । ६४ रनको लक्ष्य पछ्याउँदै दिप बोर्डिङ ११ ओभरमामा ७ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । दिप बोर्डिङको लागि पोषण सुवेदीले १५ र सुजल केसीले १४ रनको योगदान दिए । मुनाल बोर्डिङको तर्फबाट बाट शुसान्त साहले ३ तथा राहुल शर्माले २ विकेट हात पारे । दिप बोर्डिङको लागि ५ विकेट लिएका प्रज्वल घिमिरे खेलको म्यान अफ दि म्याच घोषित भए ।