Cricket Himalaya
Cricket News From Top of The World

असोज २६ बाट प्युठानमा क्रिकेट प्रतियोगिता हुदै, नौ बहिनी गाउँपालिकाका खेलाडी सहभागी हुन पाउने !!

फाईल फोटो : लालीगुरास रंगशाला दिहाल्ना चौर, प्युठान, २०७५ जेठ १२ मा भएको स्थानीय गेम ।

असोज १, राज खत्री | क्रिकेट हिमालय

“सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ प्युठान जिल्ला स्थित बहिनी गाउँपालिकामा यही असोज २६ बाट हुने नौ बहिनी प्रिमियर लिग (एनपिएल) सुरु हुदैछ । गाउँपालिका स्तरीय टोली छनोट र स्थानीय प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता आयोजना हुन लागेको हो ।

फाईल फोटो : लालीगुरास रंगशाला दिहाल्ना चौर, प्युठान, २०७५ जेठ १२ मा भएको स्थानीय गेम ।

प्रथम पुरस्कार : ३०००० ट्रफि,मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार : १५००० ट्रफि,मेडल र प्रमाणपत्र
म्यान अफ द सिरिज : १०००
म्यान अफ द म्याच प्रत्येक खेलमा : ३००
बेस्ट बलर : ५००
बेस्ट ब्यट्सम्यान : ५००
म्याक्सिमम छक्का : ५००
दर्ता शुल्क : ५०००
खेल संचालन हुने मिती : २०७५/६/२६ गते देखी कार्तिक १ सम्म
दर्ता मिती : २०७५/६/२० गते सम्म
दर्ता स्थान : मदन भण्डारी स्पोर्ट्स एकेडेमी ४ न. वडा कमिटी, नौ बहिनी गाउँपालिकाको कार्यलय, देउराली डाडा
खेल तालिका : असोज २२ गते सार्बजनीक हुने
खेल हुने स्थान : प्रस्तावित लालीगुरास रंगशाला दिहाल्ना चौर, प्युठान

नियमहरु :-
१. खेलाडी नौ बहिनी गाउपालीका भित्रको हुनु पर्ने छ ।
२. दर्ता गर्न आउदा आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर आउनु पर्ने ।
४. खेल टि-२० फरम्याटमा खेलाइने छ ।
५. जर्सि अनिबार्य लगाउनु पर्ने छ ।
६. खेल टेनिस बलले खेलाइने छ ।
७. खेल आईसिसी को नियम अनुसार खेलाइने छ (LBW बाहेक)

आयोजक :-
मदन भण्डारी स्पोर्ट्स एकेडेमी, ४ न. वडा कमीटी नौ बहिनी गाउपालीका प्युठान

थप जानकारीको लागि सम्पर्क
तेज ब. पुन : ९८४१५५३८१७ / ९८०२९६९७०७
मदन पुन : ९८६९१७१९४४ / ९८०८५६६५५६

नोट : क्रिकेट बिकासको लागि यो एउटा सानो सिस्टम बसाउने प्रयास मात्र हो । आगामी दिनहरुमा यो सिस्टम राम्रो लागे र हजुर हरुको साथ र सहयोग पाए पक्कै पनि ब्यबसायिक रुपमा अक्सन पद्धति बाट यस लिग लाई अगाडी बढाउन सकिने छ र यस् ठाउँ बाट पनि खेलाडी उत्पादन गरेर राष्ट्रिय स्तरमा पुर्याउने छौ भनी आशा गरेका छौ ।