Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : तेस्रो दिनको तेस्रो खेलमा होराइजन माबी बिजयी

असोज १, बुटवल | क्रिकेट हिमालय

रुपन्देही मा जारी नुसि ईन्टर स्कुल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको तेस्रो दिनको तेस्रो खेलमा होराइजन माबी ८ विकेट ले बिजयी भएको छ । टस जिति ब्याटिङ रोजेको देबदह मावी ले ८ ओभरमा सम्पुर्ण विकेट गुमाउदै ४० रनमै समेटिन पुगेको थियो । देवदहको लागि अर्पण पौडेलले १४ रनको योगदान दिए भने होराइजनको तर्फबाट रोशन अर्यालले ४ तथा योगेशले ३ विकेट हात पारे । ४१ रनको सामान्य लक्ष्य होराइजन मावीले मात्रै ५ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो । होराइजन को लागि प्रकाश गिरिले १५ र मौसबले १४ रनको योगदान दिए भने देवदहको बलिङ तर्फबाट आशिष जिसिले १ विकेट हात पारे । ४ विकेट लिएका होराइजन मावी का रोशन अर्याल म्यान अफ दि म्याच घोषित भए ।