Cricket Himalaya
Cricket News From Top of The World

भुमेदह युवा क्लब, अर्घाखाँचीले दसैं तिहार केन्द्रित क्रिकेट गर्दै : दर्ता खुला

भाद्र ३१, क्रिकेट हिमालय

विजया दशमी तथा शुभ दिपावली २०७५ को शुभ उपलक्ष्यमा “भूमेदह युवा क्लव मालारानी ९ गोखुङ्गा” द्वारा, खुल्ला क्रिकेट प्रतियोगीता तथा सम्मान कार्यक्रम आयोजना गरिदैछ । सम्पूर्ण क्रिकेट प्रेमी क्लव, संघसंस्था एवं क्रिकेट टिमहरुलाई सहभागीताको लागी क्लबले हार्दिक अनुरोध गरेको छ ।

खेल सम्बन्धी तालिका

१. टिम दर्ता गर्ने मिति : असोज १० गते देखि २५ गते सम्म ।
२. खेल सुरु हुने मिति : असोज २७ गते बिहान १० बजे देखी ।
३. दर्ता शुल्क : रु तिन हजार मात्र ।
४. खेल हुने स्थान : भुमेदह क्रिकेट मैदान, काफलनेटी, दहकाचौर
५. आयोजक : भूमेदह युवा क्लव परिवार, मालारानी ९, गोखुङ्गा काफलनेटी, अर्घाखाँची

पुरस्कारहरु

प्रथम पुरस्कार : रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र ।
सौजन्य : गनपती पन्थी (काफलनेटी, दह, हाल साउदि अरब)

द्वितिय पुरस्कार : रु १० हजार मेडल र प्रमाणपत्र ।
सौजन्य : कृष्न प्रसाद पन्थी, हाल जापान टोकियो (स्व. हजुर बुबा हरिहर पन्थी र हजुर आमा लाल कुमारी पन्थिको सम्झनामा ।)

त्यस्तै उत्कृष्ट व्याट्सम्यान पुरस्कार रु १५०० र उत्कृष्ट वलर पुरस्कार रु १५०० पुरस्कार रहेको छ ।

खेलका नियमहरु निम्न रहेका छन ।

१. हरेक टिममा ११–११ जना खेलाडि हुनुपर्ने छ ।
२. जना सम्म अतिरिक्त खेलाडि ल्याउन पाइने छ ।
३. खेलाडिहरुको परिचय खुल्ने गरि परिचय पत्र हुनुपर्ने छ ।
४. दर्ता भएका खेलाडिहरुको नाम परिवर्तन गर्न पाइने छैन ।
५. ब्याट र अन्य सुरक्षाका सामाग्रीहरु सहभागी टिम आफैले व्यबस्था गर्नुपर्ने छ ।
६. बल र विकेट आयोजकले व्वस्था गर्ने छ ।
७. फ्रि हिट, बाउन्स , वाइड बल र नो बलको पनि मान्यता दिइने छ ।
८. खेल नक आउट सिस्टम बाट खेलाइने छ ।
९. खाने बस्ने व्यबस्था खेलाडि आफैले गर्नुपर्ने छ ।

खेलमा कुनैपनि बिवाद आयमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

दर्ता र अन्य थप जानकारीको लागि

बाशुदेव पन्थी : ९८६७२६५१२३
वसन्त पन्थी : ९८६७७२७३४१
जिबलाल पन्थी : ९८४७४४४६६६

टिम दर्ता टेलिफोन बाट पनि गर्न सकिने छ ।