Cricket Himalaya
Cricket News From Top of The World

दमकडा क्रिकेट क्लबले दसैं लगत्तै क्रिकेट लिग सन्चालन गर्ने : टिम दर्ता खुला

क्रिकेट हिमालय | पाल्पा

पाल्पा स्थित दमकडा क्रिकेट क्लबले आउदै गरेको दसैंमा क्रिकेट प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

क्लब पदाधिकारी अच्युत पान्डेय

२०७४/७५ साल नेपाली क्रिकेटले अन्तराष्ट्रिय एकदिवसिय मान्यता पाएको माहोलमा देशै भरी घरेलु लिगहरु सन्चालन भएका छन, क्यानको औपचारिक अनुपस्थितिमा पाल्पा जिल्ला केन्द्रित लेदर बल क्रिकेट खेल नभएको हुँदा दमकडा क्रिकेट क्लबले मुलत पाल्पा जिल्लाको क्रिकेट बिकासमा प्राथमिक भूमिका खेल्ने उदेश्यका साथ जिल्ला केद्रित लेदर बल लिग सिरिज स्थापना गर्ने निर्णय गरेको छ, पाल्पाली प्रतिभालाई पहिचान गरी राष्ट्रिय स्तरमा पुर्याउने हाम्रो चाहना हो ।

उक्त प्रतियोगिताका निम्न बिशेषताहरु रहेका छन : 

१) जम्मा टिम ८ मात्र (सुरुमा आउने ८ टिमहरु मात्र दर्ता गरिने)
२) खेलाडी : पाल्पा जिल्ला स्थाई बसोबास (नागरिकता अनुसार)
३) दर्ता शुल्क : १०,००० प्रती टिम, (प्रथम पुरस्कार : ६०,००० कम्तिमा)
४) चार/चार टिमको २ ग्रुपमा लिग खेलाइने छ ।
५) खेल समय : २०७५ कार्तिक ४ देखी ११ सम्म (दसैंको पर्सिपल्ट बाट ८ दिन)
स्थान: तानसेन-९ दमकडा
६) प्रेस मिट असोज २० गते गरिने छ, जसमा खेल तालिका सहित बिबिध बिशेषता सार्वजनिक गरिने छ ।

इक्षुक क्लबहरुले असोज १५ गतेसम्म आफ्नो स्थान सुरक्षित गर्नसक्नुहुनेछ ।

दर्ता गर्ने स्थान : म्याक्स स्पोर्टस, सिल्खानटोल, तानसेन, ९८४७०२५१९०

दर्ता फोनबाट हुँदैन, क्याप्टेन वा म्यानेजर आउनु होला । सुरुमा दर्ताको बेला सबैथोक चाहिदैन तथापी खेल खेल्नु अगावै सबैको बसोबास प्रमाणित हुनुपर्छ । जिल्ला बाहिरको खेलाडीलाई यो पटक अवसर छैन (अर्को पटकबाट बिडिङबाट मात्र ल्याउने योजना छ), सक्कल नागरिकताको आधारमा लोकल खेलाडिको पहिचान हुनेछ, नागरिकता नलिएका खेलाडी भए बिद्यालयको सक्कल प्रमाणपत्र ल्याउनु होला । १८ बर्ष नाघेकोले नागरिकता बनाउनु होला, प्रमाणपत्रले हुँदैन । खेलाडी कम्तिमा १४ बर्ष पुरा भएको हुनुपर्नेछ । खेलमैदानमा किटको ब्यबस्था हुँदैन ।