Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु-१९ सँग अफगानिस्तान यु-१९ पराजित

भाद्र ३१, क्रिकेट हिमालय

नेपाल यु-१९ क्रिकेट टिमले भारतमा जारी क्वाड्र्याङुलर एकदिवसिय यु-१९ सिरिज अन्तर्गत लगातार दोस्रो हार पछी पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तान यु-१९ लाई २५ रनले पराजित गरेको छ । नेपाल यु-१९ टिमले भारतको यु-१९ “बि” सँग ४० रनले पहिलो हार व्यहोरेको थियो भने दोस्रो खेलमा भारतकै यु-१९ “ए” सँग ८ विकेटले हारेको थियो ।

टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १८९ रन बनाएको थियो । १९० रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४७.४ ओभरमा १६४ रनमा सबै विकेट गुमाउदा नेपालले २५ रनले जित्यो । नेपाल यु-१९ को लागि सागर ढकाल र पवन सर्राफको उत्कृस्ट प्रदर्शन रहयो ।

पहिलो ईनिङ :

लोकेश बम : १६ (३५)
सन्दिप झोरा : २८ (३१)
भिम सार्की : १३ (२९)
पवन सर्राफ : ७८ (९६)
रसिद खान : २४ (४९)
अरु ब्याट्स्म्यान राम्रो रन जोड्न सकेनन ।

नविद कबिर : ३ विकेट
अबिद मोहम्मदी : २ विकेट
अरिफ खान दव्लतजाई : २ विकेट

दोस्रो ईनिङ :

रियाज हसन : ३८ (६१)
इजाज अहमद : ५७ (९६)
अब्दुल रहमान : ३६ (४६)
अरिफ खान दव्लतजाई : १० (१८)
अरु ब्याट्स्म्यान राम्रो रन जोड्न सकेनन ।

सागर ढकाल : ४ विकेट
कमल सिंह ऐरी : २ विकेट
रसिद खान : २ विकेट

खेलको म्यान अफ दि म्याच सागर ढकाल चुनिए ।