Cricket Himalaya
Cricket News From Top of The World

नुवाकोटमा जारी मैत्रीपुर्ण खेल : रोयल क्रिकेट इन्डोर बिजयी !

भाद्र ३१ बिदुर

नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको ३ खेलको मैत्रीपुर्ण प्रतियोगिताको दोस्रो खेल रोयल क्रिकेट ईन्डोरले जितेको छ । आज भएको दोस्रो खेलमा नुवाकोट क्रिकेट संघलाई ३ विकेटले हराउदै रोयलले खेल जितेको हो । जितसगै मैत्रीपुर्ण सिरिज १-१ को अवस्थामा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले २० ओभरमा ६ विकेट गुमाउँदै ९४ रन बनायो । नुवाकोटको तर्फबाट कुशल नेपालीले २३ रन र शितल रिमाल ले १८ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका अभियान बस्नेत र लाभ ज.ब.राणाले समान २/२ विकेट लिए । ९५ रनको बिजयी लक्ष्य सहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १८.२ ओभरमा ७ विकेट गुमाउँदै बिजयी लक्ष्य हासिल गर्यो । रोयलका तर्फबाट शुभ ज.ब.राणाले २२ रन र अभियान बस्नेत र बिजय चन्दले १५/१५ रन बनाए । बलिङतर्फ नुवाकोटका सुमित कुवर र मौसम दाहालले समान ३/३ विकेट लिए । खेलमा २ विकेट र १५ रन बनाएका रोयल क्रिकेट ईन्डोरका अभियान बस्नेत म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको अन्तिम तथा निर्यायक खेल भोलि बिहान ७ बजे श्रीनाथ गणको खेलमैदान सिचाईमा हुनेछ ।