Cricket Himalaya
Cricket News From Top of The World

रौतहट प्रिमियर लिग १२ टिम, ४ ग्रुप

भाद्र ३१, मोहन ज्ञवाली | क्रिकेट हिमालय

असोज ११ गते पछि सुरु हुने रौतहट प्रिमियर लिग (आरपिएल) को लागि आज राजधानीमा प्रत्रकार सम्मेलन गर्दै आयोजकले टिम ग्रुप को नाम सार्बजनिक गरेको छ । कुल १२ टिम लाई चार समुहमा बिभाजन गरेर खेलाइने छ । यो रौतहट प्रिमियर लिग को पहिलो सस्करण हो । ओमेगा सेकेन्डरी स्कुल, ललितपुरको आयोजनामा हुने प्रतियोगिता रौतहट को गरुडास्थित सुगर मिल्स को मैदान मा हुनेछ । प्रतियोगिता २० ओभरको हुनेछ ।

इन्ट्री फि रु ३५ हजार रहेको उक्त प्रतियोगिता आयोजकले उपलब्ध गराउने कलर ड्रेसमा खेलिनेछ । प्रतियोगिताको बिजेताले नगद रु ३.५ लाख साथै ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्ने छ भने उप बिजेताले रु १.५ लाख नगद, ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछ । म्यान अफ द सिरिजले रु २५ हजार, बेस्ट ब्याट्सम्यान र बलरले जनही रु १० हजार, इमर्जिङ प्लयेरले रु १० हजार, सबैभन्दा धेरै छक्का र चौका प्रहार गर्ने खेलाडिले जनही रु ८ हजार प्राप्त गर्नेछन भने हरेक खेलको म्यान अफ द म्याचले रु २ हजार प्राप्त गर्नेछन ।

रौतहट प्रिमियर लिगको ग्रुप: