Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप, रुपन्देही : दोस्रो दिन गिर्वाण माबी बिजयी !

भाद्र ३१, बुटवल सम्बाददाता | क्रिकेट हिमालय

रुपन्देही को जारी नुसि इन्टर स्कुल क्रिकेट प्रतियोगिता को दोस्रो दिनको दोस्रो खेलमा गिर्वाण माबी १ विकेट ले बिजयी भएको छ । दोस्रो दिनको पहिलो र तेस्रो खेल पानी पारेर स्थगित भएको थियो । पहिलो खेल पर्ल माबी र निलगिरी बोर्डिङ स्कुलको थियो भने तेस्रो खेल भैरहवा माबी र नवीन माबी को थियो । आज सरस्वती माबी सँग भएको खेलमा टस हारी ब्याटिङ सुरु गरेको सरस्वती माबी १५ ओभरमा ६१ रन मात्र बनाउन सक्यो । सरस्वती माबी को लागि सुरज रेग्मी ले १८ रन तथा सुरज खड्का ले ११ रन बनाउदा अन्य ब्याटिङ राम्रो हुन सकेन । बलिङ तर्फ भने गिर्वाण माबी का टिकाराम धामि ले ५ विकेट लिए । ६२ रन को बिजय लक्ष्य पछ्याउदै ब्याटिङ सुरु गरेको गिरभान माबी ले ८ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । गिर्वाण माबी को लागि टिकाराम घामी ले १८ तथा सुनिल चौधरी ले ११ रन बनाए बलिङ तर्फ भने सरस्वती मावी का सुरज खड्का ले ५ तथा सन्दिप खनाल र आकाश पान्डे ले समान २-२ विकेट लिए । ५ विकेट लिएका गिर्वाण माबी का बलर सुरज खड्का म्यान अफ दि म्याच भए ।