Cricket Himalaya
Cricket News From Top of The World

स्व. प्रमोद वज्राचार्य एनसीसीएस राष्ट्रिय सेवा सम्मान अवार्डमा करण र हरी

भाद्र ३१, क्रिकेट हिमालय

शनिबार आयोजित कार्यक्रममा नेपाली क्रिकेट समर्थक समाज (एनसीसीएस) ले क्रिकेटर करण केसीलाई स्व. प्रमोद वज्राचार्य एनसीसीएस राष्ट्रिय सेवा सम्मान अवार्ड प्रदान गरेको छ भने हरिबहादुर चौहानलाई इमर्जिङ प्लेयर अफ द इयर घोषित गर्दै राष्ट्रिय सेवा सम्मान प्रदान गरेको छ । करणलाई १ लाख रुपैयाँ र चौहानलाई २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । साथै कार्यक्रममा समर्थक समाजमा रही उत्कृस्ट काम गर्ने सदस्यहरु मध्यबाट महेन्द्र गुरुङ्गलाई प्रशंशा पत्र प्रदान गरेको थियो ।

फेब्रुअरीमा नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत क्यानडासँग पराजय नजिक पुगेको खेलमा करणले नेपाललाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको ब्याटिङबाट नेपालले १ विकेटको जितसहित विश्वकप छनोट भएर वान–डे अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यस्तै समर्थक समाजले यस बर्ष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा चौहानले प्रदेश नम्बर ४ को लागि खेल्दै प्रदेश नम्बर १ बिरुद्ध एकै खेलमा शतक र ह्याट्रिक लिएका थिए ।

सम्मान कार्यक्रममा एनसीसीएसका अध्यक्ष भानु सिग्देल स्वर्गीय प्रमोद दिदी सन्जु बज्राचार्यले सम्मानित गरेका हुन् । नेपाल क्रिकेट समर्थक समाजका अध्यक्ष भानु सिग्देलले यो राष्ट्रिय सेवा सम्मान निरन्तर गर्दै जाने बताउनुभएको छ । यसले नेपालमा क्रिकेट प्रतिको मोह र सस्कारलाई सम्मान गरीएको खेलाडीहरुले बताएका छन् । एनसीसीएसका तत्कालीन कोषाध्यक्ष प्रमोद वज्राचार्यको निधनपछि अहिले यो अवार्ड उनको नाममा स्थापना गरिएको अध्यक्ष भानु सिग्देलले थप्नुभयो ।