Cricket Himalaya
Cricket News From Top of The World

नुवाकोटमा जारी मैत्रीपुर्ण खेलमा नुवाकोट क्रिकेट संघ बिजयी !

भाद्र ३०, क्रिकेट हिमालय

नुवाकोटमा सुरु भयको मैत्रीपुर्ण खेल नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिच सुरु भएको छ ।

आज सम्पन्न भएको पहिलो खेलमा नुवाकोट क्रिकेट संघको टिम १२ रनले बिजयी भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले २० ओभरको खेलमा पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ७५ रन बनायो । नुवाकोटको तर्फबाट शितल रिमाल १२ रन, मिथलेश शर्मा ११ रन बनाएका थिय !

बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका पवन सिग्देलले ४ विकेट लिए ।

७६ रनको बिजयी लक्ष्य सहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १५.३ ओभरमा ६३ रनमा अलआउट भयो । रोयलका तर्फबाट अभियान बस्नेतले १३ रन र शुभ ज.ब.राणा १२ रन बनाए ।

बलिङतर्फ नुवाकोटका कुशल नेपालीले ५ विकेट र अमिक कुमालले ३ विकेट लिए ।

खेलमा ५ विकेट लिएका नुवाकोटका कुशल नेपाली म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको दोश्रो खेल भोलि बिहान ७:३० मा श्रीनाथ गणको खेलमैदान सिंचाइमा हुनेछ।

श्रोत तस्बिर : ककनी खबर