Cricket Himalaya
Cricket News From Top of The World

नुसि कप पहिलो दिन : दोस्रो खेलमा पामिर एकेडेमी बिजयी

भाद्र ३०, बुटवल सम्बादाता | क्रिकेट हिमालय

नुसि कप पहिलो दिनको दोस्रो खेलमा पामिर एकेडेमी ८ विकेट ले बिजयी भएको छ । टस जिति ब्याटिङ सुरु गरेको होराइजन ले एकदम खराब प्रदर्शन गर्दै ३७ रन मै सबै विकेट गुमाउदा मात्रै ३८ रन लक्ष्य प्रस्तुत गरेको थियो । सामान्य ३८ रनको लक्ष्य पामिर एकेडेमी ले मात्रै दुई विकेट को क्षति मा पूरा गर्दा होराइजन ८ विकेट को पराजय भोग्यो । पामिर एकेडेमी का हरि गिरि ३ विकेट लिदै दोस्रो खेल को म्यान अफ दि म्याच भए । आजै भएको पहिलो खेल मा स्मृति बोर्डिङ स्कुल ७ विकेटले बिजयी भएको थियो भने आजै तेस्रो खेल बुटवल पब्लिक र सगरमाथा बोर्डिङ बिच हुनेछ । अत्याधिक वर्षा ले नवजीवन क्रिकेट मैदान हिलाम्मे भएको कारण्ले भोलि बाट नुसि कप का सबै खेल तिलोत्तमा चप्परहट्टि ग्राउन्ड मा हुनेछन ।