Cricket Himalaya
Cricket News From Top of The World

पिपिएल को ब्रोडकास्टिङ पार्टनर हिमालय एचडी, ३ करोड ७० लाखको ३ बर्शे सम्झौता

भाद्र २९, क्रिकेट हिमालय

सुन्दर नगरी पोखरामा यही कार्तिक ९ देखी २० सम्म हुँदै गरेको पोखरा प्रिमियर लिग (पिपिएल) टि-२० क्रिकेट प्रतियोगिता को लाईभ प्रत्यक्ष प्रशारण हिमालय टेलिभजन एचडी देखी हेर्न पाइने भएको छ । आज भएको कार्यक्रममा पिपिएलको लागि ब्रोडकास्ट पार्टनर को रुपमा क्विन्स इभेन्ट्स इभेन्ट्स म्यानेज्मेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलीभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गर्नुभएको छ । पिपिएल को सम्पूर्ण डिजिटल प्रसारण अधिकार हिमालय टेलिभिजनमा निहित रहनेछ । टेलिभिजनले पिपिएल लाई ३ बर्षमा नगद र अन्य सहित ३ करोड ७० लाख बराबर उपलब्ध गराउने सम्झौता भएको छ । पोखरा प्रिमियर लिगमा ६ टिम हुनेछन । जुन नेपालको बिभिन्न सहरहरुको नाममा हुनेछ ।