Cricket Himalaya
Cricket News From Top of The World

हाई प्रफर्मेन्स क्याम्पका लागि टिम नेक्सस ईन्डिया प्रस्थान

भाद्र २८, क्रिकेट हिमालय

छिमेकी राष्ट्र भारतकाे साेनिपथ हरियाणामा भाद्र ३० गते देखी असाेज ११ गते सम्म सम्पन्न हुने हाई प्रफर्मेन्स क्याम्पमा सहभागी हुन नेक्सस क्रिकेट एकेडेमीका २३ खेलाडी आज त्यस तर्फ प्रस्थान गरेका छन । खेलाडी तथा अफिसियलहरूलाई आज एक समारोह बिच नेक्सस क्रिकेट एकेडेमीका अध्यक्ष भरत शाही, प्रबन्ध निर्देशक बिजय शर्मा र प्रमुख प्रशिक्षक शामसन जंग थापाले बिदाई गर्नु भएकाे छ ।

उक्त क्याम्पमा सहभागी हुन टिम क्याप्टेन बिशाल पाैडेल र काेच दिनेश आग्रीकाे नेतृत्वमा खेलाडीहरू बिशाल के सी (यु-१६ नेपाली टिमका उपकप्तान), बिपीन शाही, प्रदिप सुनुवार, आशिस सुनुवार, रूपेश यादव, आकाश बयक क्षेत्री, समिर बिष्ट, पप्पु यादव, साैरभ साखकर्मी, सिराज गैरे, लक्की सिंह, अमित पाैडेल, प्रशाेद बाेगटी, मिलन भट्ट, अजय अधिकारी, मनिश शाह, रिवाज खड्का, सम्बेद खनाल, पारस लामिछाने, सुलभ ढुङ्गाना,जनक धामी र हिमाल कुवर रहेका छन ।

नेक्सस क्रिकेट एकेडेमीको आयाेजना तथा साग ईन्डियाकाे ब्यबस्थापनमा सम्पन्न हुने उक्त क्याम्प आईसीसी लेभल २ काेच सत्यपाल यादवकाे नेतृत्वमा छत्तीसगढ स्टेट काेच तथा बीसीसीआई लेवल २ काेच सान्तनु घाेष लगायतका काेचहरूले एक लेशन प्लानमा क्याम्प संचालन हुने जानकारी गराईएकाे छ । खेलाडीलाई अबसर प्रदान गर्दैे दक्ष प्रशिक्षक द्दारा प्रशिक्षणकाे ब्यबस्था मिलाई खेलाडीहरूकाे खेल क्षमतामा निखार ल्याउने उद्देश्यका साथ उक्त क्याम्पकाे आयाेजना गरिएकाे नेक्सस क्रिकेट एकेडेमीका प्रबन्ध निर्देशक बिजय शर्माले बताउनु भयाे ।