Cricket Himalaya
Cricket News From Top of The World

सप्तरीमा दोस्रो अम्पायर कप प्रतियोगिता सञ्चालन हुने

भाद्र-२८ /संजय गौतम

क्रिकेटको उर्वर भूमि, सप्तरीमा अर्को क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सप्तरी अम्पायर तथा स्कोरर संघद्वारा आयोजना गर्न लागिएको “दोस्रो एम्पायर कप क्रिकेट” कार्तिकको दोस्रो सातादेखि एक दिवसिय (५० ओभर) फर्मेटमा खेलाउन लागिएको आयोजक समिति तथा सप्तरी क्रिकेट संघका सदस्य मनोज साहले जानकारी दिनुभएको छ । हाल सप्तरीमा रहेका क्रिकेट ग्राउण्डहरू निरीक्षण तथा मर्मतका कामहरू भइरहेको साहले बताउनुभयो । प्रतियोगितामा कुल ८ टिम सहभागी हुनेछन् भने टिमहरुलाई दुईटा समुहमा बिभाजन गरिनेछ । प्रतियोगिता राउन्ड रोबिन र नकआउट फर्मेटमा खेलाईने छ ।