Cricket Himalaya
Cricket News From Top of The World

नुसि इन्टर स्कुल जिल्ला स्तरीय प्रतियोगिता तीन दिन पछि सर्यो !

भाद्र २७/ क्रीकेट हिमालय/बुटवल सम्बाददाता

आज बाट सुरु हुने भनिएको “नुसि जिल्ला स्तरिय इन्टर स्कुल प्रतियोगिता” तीन दिन पछि सरेको छ ।

देशभर परिरहेको अत्याधिक वर्षाले प्रतियोगिता प्रभावित भएको हो । मैदान जलमग्न हुदा खेल्न योग्य हुन केही दिन लाग्ने हुदा आयोजकले केही दिन पछि सारेको छ ।

नया मिति अनुसार उक्त नुसि कप भाद्र ३० गते सनिवार देखि सुरु हुने प्रतियोगिताका सम्योजक दिपक भुर्तेलले जानकारी दिए ।

नवजिबन खेल मैदान तिलोत्तमा १० नम्बरमा हुने प्रतियोगितामा रुपन्देही ३० स्कुलले सहभागी हुनेछन खेल २० ओभरको हुनेछ प्रतियोगिताको बिजेता टिमले नगद २५ हजार प्राप्त गर्नेछ्न