Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु-१९ को कमजोर ब्याटिङ, भारत यु-१९ “बि” ४० रनले बिजयी !

भाद्र २७, क्रिकेट हिमालय

भारतमा जारी क्वाड्र्याङुलर एकदिवसिय यु-१९ सिरिज अन्तर्गत नेपाल यु-१९ ले आफ्नो पहिलो खेलमा नै आज भारत यु-१९ “बि” सँग ४० रनले पराजित भएको छ ।

पहिलो इन्निङ

लखनउ स्थित एकना ईन्टरनेस्नल क्रिकेट स्टेडियममा जारी उक्त खेलमा नेपालले टस जितेर फर्स्ट फिल्डिङ रोजेको थियो । फर्स्ट ब्याटिङ गरेको भारत यु-१९ “बि” ले ४९ ओभरमा अलआउट हुँदै १६१ रन बनाएको थियो । भारत यु-१९ “बि” का लागि क्वारमरान इक्बलले ५०(५६), रिसब चौहान १९(२२), साहिल राज र बेदान्त मुखर र सुभाङ हेग्डेले समान १२/१२ रन बनाएका थिए । भारत यु-१९ “बि” लाई अन्तिम सम्म दवावमा राख्दै नेपाली बलर किशोर महतो, सम्साद आलम, सागर ढकलले समान १/१ विकेट लिएका थिए भने पवन सराफले २ र कमल सिंह एरिले ३ विकेट लिएका थिए ।

दोश्रो इन्निङ

मध्यम लक्ष पछ्यायको नेपाल सुरुवातमै धरमराएपछी १५.५ ओभरमा ४ विकेट गुमाउदै मात्र २८ रनको अवस्थामा पुगेको थियो । त्रीतराज दास र रबि साह समान ८ रन, बिपिन रावल २, सन्दिप जोरा ४ रनमा आउट भएका थिए । पाचौ विकेटको लागि कप्तान आसिफ सेख र भिम सार्की बिच ३८ रनको पार्टनरशिप भएको थियो । आसिफ ४० बलमा १७ रन बनाएर आउट भएका थिए भने छैठौ विकेटको रुपमा ५७ बलमा ३० रन बनायर भिम सार्की आउट भएका थिए । सातौ विकेटको रुपमा १२ रन बनाउदै पवन सराफ आउट भएका थिए । सम्साद आलम ० र किशोर महतो ६ रनमा आउट भएका थिए । कमल सिंह एरेले २२ रन बनाएका थिए । नेपाल यु-१९ ले ४१.३ ओभरमा अल आउट हुँदै मात्र १२१ रन बनाएको थियो । भारत यु-१९ “बि” का ए एम सिंह १, सबिर खान १, साहिल राज २, सुभाङ हेग्डे ३, पन्कज यादबले ३ विकेट लिएका थिए ।