Cricket Himalaya
Cricket News From Top of The World

युथ ओडीआई सिरिजमा नेपाल यु-१९ को भोली पहिलो खेल, भारत यु-१९ ‘बि’ सँग भिड्दै !!

भाद्र २६, द राज खत्री | क्रिकेट हिमालय

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को आयोजनामा हुने युथ ओडीआई सिरिजमा नेपाल यु-१९ ले भोली पहिलो खेल खेल्दैछ । पहिलो खेलमा नेपाल यु १९ ले भारत यु १९ ‘बि’ सँग प्रतिस्पर्धा गर्नेछ । नेपाली समय अनुसार बिहान ९ बजेर १५ मिनेटमा एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आम्ने साम्ने हुनेछन । नयाँ खेलाडीलाई अवसर दिनको लागि यसपटक सिनियर टोलि बाट नेपाल यु-१९ को सुचिमा समावेश गरिएको छैन । नेपाल यु-१९ को कप्तानीमा आसिफ शेख, प्रशिक्षकमा बिनोद दास र ब्यबस्थापनमा शक्ति गौचनलाई जिम्मा दिइएको छ ।

हेर्नुहोस दुबै टोलिको पुरा टिम

नेपाल यु-१९ : आसिफ शेख (कप्तान), पवन शर्राफ, किशोर महतो, भिम शार्की, कमल सिंह ऐरि, राशिद खान, सन्दिप जोरा, रभी शाह, त्रित राज दास, रित गौतम, बिपिन रावल, लोकेश बम, सागर ढकाल, अरुण ऐरि र मोहम्मद संसाद आलम रहेका छन ।

भारत यु-१९ ‘बि’ : भेदान्त मुरक (कप्तान), ठाकुर तिलक बर्मा, काम्रण इकब्ल, बम्शी कृष्ण, प्रदोष रंजन पौल, रिसभ चौहान, सिद्धान्त राना, सयन कुमार विश्वाश, शुभांग हेग्ड़े, रिज्भी समिर, पंकज यादव, आकाश सिंह, अशोक सन्धु, आयुष सिंह, नितिश रेड्डी, सबिर खान, सहिल राज र राज्वर्धन हंगारगेकर रहेका छन् ।