Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप लामिछाने अफ्घानिस्तान प्रिमियर लिगमा छनोट, टिममा अरु को को छन हेरौ

भाद्र २५, क्रिकेट हिमालय

नेपाली लेग स्पिनर सन्दिप लामिछानेलाई अफ्घानिस्तान प्रिमियर लिगमा नगरहर टिमले १५ हजार डलरमा लिएको छ । सन्दिप लामिछाने यसअघी भारतको आईपीएल, क्यानडाको ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्स र वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्समा सहभागी भैसकेका खेलाडी हुन । सन्दिपको टिममा आन्द्रे रसेल, तमिम इकवाल, मुस्ताफिजुर रहेमान, बेन कटिङ, मोहमद हाफिज र जाहिर खान आदी रहेका छन ।

अफ्घानिस्तान प्रिमियर लिग (एपिएल) मा ५ वटा शहरको नाम देखी टिमको नाम राखिएको छ । टिमहरु: कन्दहर, काबुल, नगरहर, बल्ख र पक्तिया छन । एपिएल शारजाह क्रिकेट मैदान (युएई) मा ५ देखि २३ अक्टोबर सम्म चल्नेछ ।

सन्दिपको टिममा अरु को को छन हेरौ :

फोटो : Afghanistan Cricket Board FB पेज