Cricket Himalaya
Cricket News From Top of The World

भैरहवास्थित सिद्धार्थ रंगशालाको काम धमाधम (फोटोफिचर)

भाद्र २५, राजु राना, बुटवल | क्रिकेट हिमालय

क्रिकेट एसोसिएशन अफ रुपन्देही को मास्टर प्लान अनुसार भैरहवास्थित सिद्धार्थ रंगशालाको काम धमाधम भइरहेको छ । १२ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने लक्ष्य रहेको सिद्धार्थ रंगशालाको काम कछुवा गतिमा भईरहेको बेला आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेट प्रतियोगिता हुने नहुने निश्चिति नभए पनि यो मैदान को काम निरन्तर जारी छ । पुर्ण रुपमा बन्न भने केही समय लाग्नेछ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर ११ देखि २१ गतेसम्म हुँदैछ । पेभेलियन रङरोगन तथा झ्याल ढोका, गेट मर्मत, विजुली, खानेपानी, गार्ड रूम, मैदानमा प्याराफीट र स्टोर भवन निर्माणको काम धमाधम भईरहेको छ । मैदानको छेउछाउ माटो हाल्ने, वरिपरि तारको जाली, ढल निकास ब्यवस्थापन, पार्किङ निर्माण, मैदान सम्याउने, पाँचवटा पिच निर्माण लगायतका काम करिब–करिब सकिसकेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालाको केही ताजा तस्बिरहरु :

This slideshow requires JavaScript.