Cricket Himalaya
Cricket News From Top of The World

युनाइटेड यु-१७, झापा : एनआईसी ११, सुनसरी र बजाज वारियर्स, सप्तरी संयुक्त बिजेता !

भाद्र २२, क्रिकेट हिमालय

युनाइटेड क्रिकेट क्लब द्वारा गरामनी खेलमैदान बिर्तामोडमा आयोजित “युनाइटेड यु-१७ क्रिकेट च्याम्पियनसीप” अन्तर्गत आज तय भएको एनआईसी ११, सुनसरी र बजाज वारियर्स, सप्तरी बिचको खेल बर्षाको कारणले हुन नसक्दा दुबै टोलिलाई “संयुक्त बिजेता” घोषित गरिएको छ ।

प्रतियोगितामा प्रदेश नं. १ र २ का कुल ६ वटा यु-१७ टिमहरु सहभागी रहेको उक्त प्रतियोगितामा कुल ८६ रन र १ विकेट लिने अमित यादब बेस्ट ब्याट्सम्यान भएका थिए भने, कुल ६ विकेट लिएका निसान्त महत बेस्ट बलर घोषित भएका थिए । १६ रन सहित कुल ७ विकेट लिने दिपेश कडेल म्यान अफ द सिरिज भएका थिए ।