Cricket Himalaya
Cricket News From Top of The World

नेपालले टि२० बिश्वकप छनोट अभियान ‘म्यान्मार’ सङ खेल्दै सुरु गर्ने !

भाद्र २३, क्रिकेट हिमालय

अस्ट्रेलियामा अक्टोबर १८, २०२० मा हुने टि२० बिश्वकपको सब रिजनल सेलेक्सन टुर्नामेन्टको सेडयुल निस्कियेको छ !

टि२० बिश्वकप २०२० मा पुग्ने बाटो

– आइ सि सि ले कुल ६२ देसलाइ सब रिजनल सेलेक्सन गेम खेल्न लगाउनेछ !

– सब रिजनल सेलेक्सनबाट कुल २५ देसले रिजनल सेलेक्सन खेल खेल्नेछन !

– हरेक रिजनका सेलेक्सनबाट छनोट हुने कुल ८ टिमले ग्लोबल क्वालिफायर खेल्नेछन !

– २०१८ को डिसेम्बरको र्यान्किङमा ११-१६ नम्बरमा रहने ६ टिम र सबै रिजनको रिजनल सेलेक्सनबाट आउने ८ गरि कुल १४ टिमले ग्लोबल क्वालिफायरमा भाग लिनेछन !

– ग्लोबल क्वालिफायरबाट छनोट हुने ६ टिम, आयोजक अस्ट्रेलिया सहित बाकी टप र्यान्क हुने ९ टिम गरि कुल १६ देसले टि२० बिश्वकप खेल्नेछन !

नेपालको टि२० बिश्वकप २०२० को बाटो !

– नेपाल एसियाको “बि” सब रिजनल जोनमा रहेको छ, जहाँ मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड समेत रहेका छन !

– यो “बि” समुहको एसियाली सब रिजनल सेलेक्सन बाट ३ टिम एसियन रिजनल सेलेक्सनमा पुग्नेछन !

एसियाली “ए” समुहको सब रिजनल सेलेक्सनबाट छनोट भै यु ए इ, कुवेत, कतार एसियाली रिजनल छनोटमा पुगिसकेका छनछन

– ए र बि गरि दुबै एसियन सब रिजनल सेलेक्सनबाट आउने ६ टिमहरु बिच एसियाली रिजनल छनोट हुनेछ, जसबाट २ टिम मात्र टि२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन !

– एसियाका २ सहित बाकी रिजनका ६ र २०१८ डिसेम्बर सम्मको ११-१६ र्यान्क हुने ६ गरि कुल १४ टिम बिच ग्लोबल क्वालिफायर हुनेछ !

– उक्त ग्लोबल क्वालिफायरबाट ६ टिम बिश्वकपमा पुग्नेछन !

नेपालको पहिलो चरण : एसियन “बि” सब रिजनल क्वालिफायर

एसियन जोनको बि ग्रुपको सब रिजनल छनोट आगामी अक्टोबर ३ बाट मलेसियामा सुरु हुदैछ ! ७ टिम सम्मिलित उक्त एसियन “बि” सब रिजनल टुर्नामेन्टमा नेपाल सहित सबै देसले एक आपसमा ६ खेल खेल्नेछन, सिर्श ३ देसहरु एसियन रिजनल क्वालिफायरमा जानेछन !

नेपालको खेल तालिका

१. पहिलो खेल : नेपाल र म्यानमार/अक्टोबर ३

२. दोश्रो खेल : नेपाल र मलेसिया/अक्टोबर ६

३. तेश्रो खेल : नेपाल र थाइल्यान्ड/अक्टोबर ७

४. चौथो खेल : नेपाल र भुटान/अक्टोबर ९

५. पाचौ खेल : नेपाल र चिन/अक्टोबर १०

६. छैठौ खेल : नेपाल र सिङापुर/अक्टोबर १२

पुर्ण तालिका : एसियन “बि” सब रिजनल क्वालिफायर