Cricket Himalaya
Cricket News From Top of The World

आशिफको कप्तानीमा १५ सदस्यीय यू-१९ टोली घोषणा

भाद्र २२, क्रिकेट हिमालय

भारतमा हुने भारत, अफ्घानिस्तान यु-१९ र बीसीसीआई कै एनसीए सँग हुँदै गरेको सिरिज तथा यु-१९ एसिया कप को लागि नेपालको आशिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा भएको छ । सेप्टेम्बर ९ देखी २० सम्म हुने ५० ओभरको प्रतियोगितामा नेपाल यु-१९ टिमले इडेन गार्डेन र जेयू क्रिकेट मैदानमा खेल्ने छ । नेपालले इडेन गार्डेन्समा सेप्टेम्बर १२ मा पहिलो खेल खेल्नेछ भने सेप्टेम्बर १४ र १६ मा बाँकी दुई खेल जेयू क्रिकेट मैदानमा खेल्नेछ । यो प्रतियोगिता नेपालको लागि अक्टोबरमा हुने यु-१९ एसिया कपको तयारिको रुपमा रहनेछ ।

छनोटमा परेका खेलाडीहरू :

१. आशिफ शेख (कप्तान)
२. पवन सरार्फ ,
३. रसिद खान,
४. भीम सार्की,
५. सन्दिप जोरा,
६. कमल सिंह ऐरी,
७. किशोर महतो,
८. रित गौतम,
९. विपिन रावल,
१०. लोकेश बम,
११. त्रिराज दास,
१२. रवि शाह,
१३. सागर ढकाल,
१४. अरुण ऐरी
१५. मोहम्मद आलम