Cricket Himalaya
Cricket News From Top of The World

युनाइटेड यु-१७ क्रिकेट : एन आई सि ११ सुनसरी बिजयी

भाद्र २२, क्रिकेट हिमालय

युनाइटेड क्रिकेट क्लब द्वारा गरामनी खेलमैदान बिर्तामोडमा आयोजित “युनाइटेड यु-१७ क्रिकेट च्याम्पियनसीप” अन्तर्गत एनआईसि ११ सुनसरी ३८ रनले बिजयी भएको छ । आज सम्पन्न खेलमा फर्स्ट ब्याटिङ गरेको एनआईसि ११ ले राजन मगरको २१(१८), बिबेक मेहताको २१(१७), रितेस रायको ११(१३) रनको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको थियो । सिभिसि चन्द्रगढिका सुमिरन राई र सुलप पौडेलले समान २/२ विकेट लिएका थिए । मध्यम लक्ष पछ्यायको सिभिसि सुमिरन राइले १८(१७), फैजल रहमानले १२(११) रन बनाएपनी १९.२ ओभरमा अल आउट हुँदै मात्र ६२ रन बनाएपछी ३८ रनको हार बेहर्यो । एनआईसि का दिपेस कडेलले ४, भुपाल लुइटेलले २, सोनु मन्डलले १ विकेट लिएका थिए । एनआईसि का दिपेस कडेल म्यान अफ द म्याच भएका थिए । प्रतियोगितामा प्रदेश नं. १ र २ का कुल ६ वटा टिमहरु सहभागी रहेका छन ।