Cricket Himalaya
Cricket News From Top of The World

एसिया क्वालिफायर खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता !

भाद्र २२/क्रिकेट हिमालय

मलेसियामा सम्पन्न एसिया कप छनौट प्रतियोगिताको सहभागिता पछि नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश आगमन गरेको छ ।

चौथो स्थान हात पारेपछि छनौट हुन असफल रहेको टिम नेपालले प्रतियोगितामा खेलेको ५ खेल मध्ये २ खेलमा मात्र जित हातपार्ने क्रममा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो भने ओमान, युएई र हङकङसँग पराजित भएको थियो ।

हङकङले क्वालिफायरको फाईनलमा युएई लाई पराजित गर्दै सेप्टेम्बर १५ देखि युएईमा सुरु हुने ५ टेस्ट रास्ट्र सम्मिलित एसिया कपमा खेल्न छनौट भएको छ । सिपिएल खेल्दै गर्दा एसिया कप छनौट खेल्न मलेसिया पुगेका सन्दिप समेत टिम सँग फर्किएका छन ।