Cricket Himalaya
Cricket News From Top of The World

नेपाली राष्ट्रिय क्रिकेट शुक्रबार स्वदेश फर्कने

भाद्र २१, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय क्रिकेट टिम एसिया कप छनौट प्रतियोगितामा सहभागि भएर शुक्रबार स्वदेश फर्कने भएको छ । राष्ट्रिय क्रिकेट टिमका ब्यबस्थापक रमन शिवाकोटीका अनुसार सम्पूर्ण नेपाली टिम शुक्रबार दिउसो १२:१५ बजे मालिन्डो एअरमार्फत फर्किनेछ । क्यारेबियन प्रिमियर लिगको ५ खेल खेलेर सिधै मलेसिया पुगेका सन्दिप पनि टिम सँगै नेपाल फर्कने छन । अब सन्दिपको सट्टा दक्षिण अफ्रीकाका चाइनाम्यान बलर तब्रेज शम्शी सेन्ट किट्सको लागि खेल्ले छन । सन्दिपले ५ खेलमा कुल ७ विकेट लिएका थिए । प्रतियोगिताको उपाधि जित्ने दाबेदारी सहित मलेसिया पुगेको टिम ५ खेल मध्ये २ खेलमा मात्र जित हातपार्ने क्रममा नेपालले मलेसियासिंगापुरलाई हराएको थियो भने ओमान, युएईहङकङ सँग हार ब्यहोरेको थियो । ३ हार र २ जितले छनौट प्रतियोगितामा नेपाल चौथो स्थानमा परेपछी छनौट हुन असफल भएको थियो । हङकङ र युएईले भने आज उपाधिको लागि भिडीरहेका छन ।