Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप छनोटले नेपाललाई भोली जुराउन सक्ने सम्भावना

भाद्र १८, क्रिकेट हिमालय | सञ्जय गौतम

एसिया कप छनोटको चौथो खेल सकिएपछिको पोइन्ट टेबल

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित भएको नेपाल शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो भने पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको फराकिलो अन्तर र दोस्रो खेलमा नेपाल यूएर्इसँग ७८ रनले पराजित भएको थियो । चौथो खेलमा नेपालले सिङ्गापुरलाई ४ विकेट ले पराजित गरेको थियो । जितसँगै नेपाल ४ अंकका साथ चौथो स्थानमा छ । ओमान र हङकङ विचको खेल बर्षाका कारण रद्द भएपछी १/१ अंक बाडेपछी ओमान ४ खेलमा ३ जित सहित ७ अंक जोडेर शीर्ष स्थानमा छ भने युएई ४ खेलमा ३ जित सहित ६ अंक जोडेर दोस्रो स्थानमा छ । हङकङ भने ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

भोलि हुने एसिया कप छनोटको पाँचौ राउन्ड पछिको केही सम्भावना

१. ओमानले र हङकङले जिते सिधै फाईनलमा पुग्ने ।
२. ओमान र नेपालले जिते रनरेटका आधारमा नेपाल अथवा युएई ओमान सँग फाईनलमा पुग्ने ।
४. युएई र हङकङले जिते दुबै फाईनलमा पुग्ने ।
५. बर्षाका कारण नेपाल र हङकङको खेल रद्द भयो भने र अर्को खेलमा ओमानले जिते हङकङ र ओमान फाईनलमा प्रबेश गर्नेछ  अथवा युएई ले जिते ओमान र युएई फाईनलमा प्रबेश गर्नेछ ।
६. बर्षाका कारण ओमान र युएईको खेल रद्द भयो भने र हङकङ र नेपालको खेलमा नेपालले जिते ओमान र युएई फाईनलमा प्रबेश गर्नेछ अथवा हङकङले जिते ओमान र हङकङ बिच फाईनल हुनेछ ।