Cricket Himalaya
Cricket News From Top of The World

एसिया कप छनोट : सिंगापुर ४ विकेटले पराजित

भाद्र १७, क्रिकेट हिमालय

मलेसियामा चलिरहेको एसिया कप छनोट खेलमा नेपाल ले सिङ्गापुर लाई ४ विकेट ले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको १५२ रनको मध्यम लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो । टस जिति ब्याटिङ रोजेको सिङ्गापुर ४२ ओभरमा सबै विकेट गुमाउदा सिङ्गापुर ले १५१ रन मात्रै बनाउन सफल भयो । सिङ्गापुर को लागि चेतन रामचन्द्र सुर्यबम्सी ले ६० तथा अनिश पराम ले ३१ रन र कार्तिकियन सब्रामऐयान ले २० रन बनाउदा अन्य ब्याटिङ लाइन राम्रो सँग खुल्न सकेन । नेपाल को तर्फबाट बाट ललित र सन्दिप लामिछाने ले समान ३, सोमपाल कामिले २ र बन्सन्त रेग्मी ले १ विकेट हात पारे ।

सुबाश : १४ (३८)
अनिल : ४३ (३२)
पारस : ११ (११)
ज्ञानेन्द्र : २९ (३५)
दीपेन्द्र : ३३ (३४)
सागर : १४ (१५)
आरिफ : ४ (१)
सोममाल : ० (३)

प्रतियोगिताको सुरुआती दुई खेलमा ओमान र यूएईसँग पराजित भएको नेपाल शनिबार मलेसियालाई हराउँदै पहिलो जित दर्ता गरेको थियो भने पहिलो खेलमा नेपालले ओमानसँग ७ विकेटको फराकिलो अन्तर र दोस्रो खेलमा नेपाल यूएर्इसँग ७८ रनले पराजित भएको थियो । चौथो खेलमा नेपालको यो दोस्रो जित हो । जितसँगै नेपाल ४ अंकका साथ चौथो स्थानमा छ । ओमान र हङकङ विचको खेल बर्षाका कारण रद्द भएपछी १/१ अंक बाडेपछी ओमान ४ खेलमा ३ जित सहित ७ अंक जोडेर शीर्ष स्थानमा छ भने युएई ४ खेलमा ३ जित सहित ६ अंक जोडेर दोस्रो स्थानमा छ । हङकङ भने ५ अंक जोडेर तेस्रो स्थानमा छ ।

चौथो खेल पछीको पोइन्ट टबल

Teams Mat Won Lost Tied Draw NR Pts NRR
Oman 4 3 0 0 0 1 7 +0.927
United Arab Emirates 4 3 1 0 0 0 6 +1.569
Hong Kong 4 2 1 0 0 1 5 +1.590
Nepal 4 2 2 0 0 0 4 +0.176
Malaysia 4 1 3 0 0 0 2 -1.069
Singapore 4 0 4 0 0 0 0 -2.971