Cricket Himalaya
Cricket News From Top of The World

नेपालको लागि सिङ्गापुरको मध्यम लक्ष्य, फराकिलो जित जरुरी

भाद्र १७, क्रिकेट हिमालय

मलेसियामा चलिरहेको एसिया कप छनोट खेलमा अहिले नेपाल भर्सेज सिङ्गापुर भिडिरहेका छन । छनोटको चौथो खेलमा नेपालले सिङ्गापुर सँग १५२ रनको मध्यम लक्ष्य पाएको छ । टस जिति ब्याटिङ रोजेको सिङ्गापुर ४२ ओभरमा सबै विकेट गुमाउदा सिङ्गापुर ले १५१ रन मात्रै बनाउन सफल भयो । सिङ्गापुर को लागि चेतन रामचन्द्र सुर्यबम्सी ले ६० तथा अनिश पराम ले ३१ रन र कार्तिकियन सब्रामऐयान ले २० रन बनाउदा अन्य ब्याटिङ लाइन राम्रो सङ खुल्न सकेन । नेपाल को तर्फबाट बाट ललित र सन्दिप लामिछाने ले समान ३, सोमपाल कामिले २ र बन्सन्त रेग्मी ले १ विकेट हात पारे । नेपालले यो लक्ष्य लाई सहजै जित्नुपर्ने अबस्था छ फाइनल यात्रा तय गर्नको लागि ररेट महत्त्वपूर्ण भएकाले यो जित अलि ठुलो हुनुपर्नेछ ।