Cricket Himalaya
Cricket News From Top of The World

रामु मेमोरियल सुपर सिक्सेसको उपाधी बिजेता योङस्टार क्लब !

भाद्र १६, क्रिकेट हिमालय

योङस्टार क्लबको आयोजनमा पोखराको युडिटिसि मैदानमा सन्चालित “प्रथम रामु मेमोरियल सुपर सिक्सेस ओपन क्रिकेट प्रतियोगिता” को उपाधी आज सम्पन्न फाइनल खेलमा पोखरा राइजिङ क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै योङस्टार क्लबले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा फर्स्ट ब्याटिङ गर्दै योङस्टार क्लबले सोनु तामाङको ३५ रन र कप्तान दिपेस खत्रीको १७ रनको सहयोगमा निर्धारित ६ ओभरमा ७७ रन बनाएको थियो । विशाल लक्ष पछ्यायको पोखरा राइजिङ क्रिकेट क्लबबाट कप्तान अमृत गुरुङले २७ रन बनाएपनी निर्धारित ६ ओभरमा मात्र ४६ रन बनाएपछी ३१ रनले पराजित रह्यो । स्थानिय १४ टिमहरु सहभागी उपरोक्त प्रतियोगिताको बिजेता योङस्टार क्लबले नगद रु ५० हजार प्राप्त गरेको थियो भने उप बिजेता पोखरा राइजिङ क्रिकेट क्लबले रु २५ हजार प्राप्त गरेको थियो ।